जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नक्सालमा संचालनमा आयो चाङ्गन गाडीको पहिलो आधुनिक शोरुम

नक्सालमा संचालनमा आयो चाङ्गन गाडीको पहिलो आधुनिक शोरुम

चिनियाँ अटोमोबाइल ब्रान्ड ‘चाङ्गन’ को आधिकारीक नेपाली बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा आफ्नो शोरुम संचालनमा ल्याएको छ। नेपालमा बिक्री हुँदै आएको अरु ब्राण्डको गाडीको शोरुमको तुलनामा यो शोरुममा ग्राहकले छुट्टै अनुभव लिन सकिने कम्पनीको दाबी छ।

कम्पनीले आफ्नो शोरुम संचालनमा ल्याएसँगै निकट भविष्यमा नेपालका विभिन्न शहरहरुमा डिलरसिप समेत विस्तार गर्दै जाने योजना रहेको जानकारी दिएको छ। हाल चाङ्गन गाडी बिक्रीका लागि दुईवटा डिलरसिप दिएको कम्पनीले एक वर्षभित्र डिलर संख्या कम्तिमा छवटा पुर्‍याउने बताएको छ।

तीन रोपनी क्षेत्रफलमा रहेको नक्सालस्थित शोरुम ३५०० वर्गफिट क्षेत्रफलको रहेको छ। एक साताअगाडि तयार भएको यो शोरुम मंगलबारबाट औपचारिक रुपमा संचालनमा आएको हो। यस शोरुमको एम्बियन्स चाङ्गनको आधिकारीक अवधारणा अनुसार नै तयार पारिएको कम्पनीले जनाएको छ।

तीन महीनाभित्रै निर्माण कार्य सकिएको यो शोरुममा प्रयोग भएको निर्माण सामग्री स्थानीयका साथै भारतबाट समेत आयात गरिएको छ।शोरुमको फसाड (अगाडिको भाग) मा ५५ फिटको सिसा लगाइएको छ। ग्राहकको सुविस्तालाई विशेगष ध्यानमा राख्दै शोरुममा वेटिङ लाउन्ज, वेलकम/रिसेप्सन एरिया, गाडी प्रदर्शन कक्ष लगायत तयार पारिएको छ।

शोरुममार्फत ग्राहकले आफ्नो इच्छाअनुसारको गाडीको टेष्ट ड्राइभ समेत गर्न सक्ने सुविधा उपलब्ध  रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार नेपालमा अहिले चाङ्गनको हन्टर, आल्सविन लगायत मोडेलका गाडीको माग धेरै छ।

6005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका