जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • कर्पोरेट बिच क्रिकेट: सनराइज बैङ्कलाई हराउँदै माछापुछ्रे बन्यो च्याम्पियन

कर्पोरेट बिच क्रिकेट: सनराइज बैङ्कलाई हराउँदै माछापुछ्रे बन्यो च्याम्पियन

कर्पोरेट बीच क्रिकेट अन्तर्गत आज त्रिशुलीको किनारमा अवस्थित रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न फाइनल खेलमा माछापुछ्रे बैङ्कले सनराइज बैङ्कलाई हराउँदै उपाधि जितेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको माछापुछ्रे बैङ्कले १२० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सनराइज बैङ्क फितलो ब्याटिङ गर्दै २६ रनमा अलआउट भयो।

प्रतियोगितामा ८ वटा कर्पोरेट टिमको सहभागिता थियो। सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइएको छ। जसको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए।

पहिलो सेमिफाइनलमा सनराइज बैङकले जावलाखेल ग्रुपलाई ५ विकेटले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने दोस्रो सेमिफाइनलमा कुमारी बैङ्कलाई हराउँदै माछापुछ्रे बैङ्कले ६ रनले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

प्रतियोगितामा अजोड इन्सुरेन्स, कुमारी बैङ्क, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज महालक्ष्मी विकास बैङ्क, सेन्चुरी बैङ्क, माछापुछ्रे बैङ्क, हिमालयन बैङ्क र सनराइज बैङ्कको सहभागिता थियो।

जसमध्ये समूह ए बाट कुमारी बैङ्क र जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजले सेमिफाइनलमा पुगेका थिए भने समूह बी बाट माछापुछ्रे बैङ्क र सनराइ बैङ्कले सेमिफाइनल स्थान बनाएका थिए।

पहिलो दिनको खेलमा जावलाखेललाई अजोड इन्सुरेन्सले ६ विकेटले हराउँदा महालक्ष्मी विकास बैङ्कलाई कुमारी बैङ्कले ६ विकेटले जित निकालेको थियो। त्यस्तै सेन्चुरी बैङ्कलाई सनराइज बैङ्कले हराउँदा हिमालयन बैङ्कलाई माछापुछ्रे बैङ्कले हरायो।

पाँचौं खेलमा महालक्ष्मी बैङ्कले अजोड इन्सुरेन्सलाई हराउदा जावलाखेल कुमारी बैङ्कसँग पराजित भयो। त्यस्तै माछापुछ्रेलाई सनराइज, हिमालयनले सेन्चुरी बैङ्कलाई, कुमारी बैङ्कलाई अजोड इन्सुरेन्सले, जावलाखेल ग्रुपलाई महालक्ष्मी विकास बैङ्कले, सनराइज बैङ्कले हिमालयन बैङ्कलाई हराउँदा हिमालयन बैङ्कलाई माछापुछ्रेले हराएको थियो।

5440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका