जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकमा ११.९९% निश्चित ब्याजदरमै घर कर्जा र एसएमई आवधिक कर्जा पाइने

गरिमा विकास बैंकमा ११.९९% निश्चित ब्याजदरमै घर कर्जा र एसएमई आवधिक कर्जा पाइने

गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बैंकले जनाएको छ। ११.९९ प्रतिशतको निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुआत वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

हाल गरिमा विकास बैंकले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका