जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनसीएचएलको नेशनल पेमेन्ट स्वीच पहिलो चरणको थालनी: क्युआर भुक्तानी, यस्ता छन् सुविधा

एनसीएचएलको नेशनल पेमेन्ट स्वीच पहिलो चरणको थालनी: क्युआर भुक्तानी, यस्ता छन् सुविधा

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीबीच औपचारिक सम्झौता भएको छ।

सम्झौतामा एनडिपिसिका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि एनडिपिसिद्वारा संचालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गतका सेवा दिइने छ। यसमा नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु छन्।

साथै विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत् अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने छ।

स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन्। त्यसैगरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागि नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको छ।

एनडिपिसि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो। एनडिपिसिमा ग्रामीण क्षेत्रको पहुँचदेखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।

4135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका