जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

आइएमई पेले ल्यायो ‘मन्थ अफ लभ’ अफर, सामसुङको स्मार्टफोन जित्ने मौका

आइएमई पेले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ।

यो अफरअनुसार आइएमई पे एपमा अफर अवधिभरि कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरेपश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्। भ्यालेन्टाइन्स मनाइने महिना भएकाले अफरको नामकरण पनि त्यसैअनुसार गरिएको उक्त अफर यही फेब्रुअरी ३ बाट सुरु भई फेब्रुअरीभरि सञ्चालनमा रहनेछ।

अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरुमार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ।

नेपाली जनतालाई डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुका मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

2205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका