जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दुर्गा प्रसाईंलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजियो

दुर्गा प्रसाईंलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजियो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजिएको बताएका छन् ।

सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको मंगलबारको छलफलमा प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धी समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै उनले समाजमा अविश्वास र अराजकता फैलाउने प्रयास भइरहेको बताए ।

दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको पनि बताएका छन् । ‘अर्थतन्त्रका कयौँ सूचक सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त छैन,’ उनले भने, ‘अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी छ ।’

निजी क्षेत्रका प्रतिनिधिलाई आश्वस्त पार्दै उनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको पनि बताए ।

‘गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौँ इण्डिकेटरहरु सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन,’ उनले भने, ‘धेरै चिन्तित हुनुपर्ने छैन भन्ने पनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौँ भन्ने छ । सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ ।’

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका