जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • बीमाको पहुँच बिस्तार गर्न आर्थिक सहायता वा अनुदान आवश्यकः अध्यक्ष सिलवाल

बीमाको पहुँच बिस्तार गर्न आर्थिक सहायता वा अनुदान आवश्यकः अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकमा बीमाको व्यापक पहुँचका लागि आर्थिक सहायता वा अनुदान आवश्यक रहेको बताएका छन् ।

समितिले बुधबार कैलालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नागरिकलाई बीमाको दायरमा ल्याउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुने आर्थिक सहायता वा अनुदान उपयुक्त हुने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानूनी व्यवस्थाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसका लािग बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई व्यापकता दिइने बताए ।

प्रदेशका प्रमुख सचिव रामेश्वर दंगालले विभिन्न प्रकोपका कारण हुने हानी नोक्सानीबाट आइपर्ने आर्थिक नोक्सानी कम गर्न अनुदान नै दिएर भए पनि सबैलाई बीमाको पहुँचमा ल्याउनुपर्ने बताए ।

बीमा समितिको प्रादेशिक कार्यालय र प्रदेश सरकारबीच आपसी समन्वयका लागि नीति बनाउनुपर्ने उनको भनाइ थियो । उनले प्रदेशमा बीमा क्षेत्रको विकास तथा बिस्तारका लागि प्रदेश सरकार तत्पर रहेको समेत स्पष्ट पारे ।

कार्यक्रममा बीमा सम्बन्धी जानकारीमूलक कार्यपत्र प्रस्तुत गर्दै बीमा समितिका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा दाबी भुक्तानीलाई छिटोछरितो रूपमा सहज बनाउन जोड दिइन् ।

कार्यक्रममा सहभागीहरुले कम्पनीहरुले दाबी भुक्तानी दिन ढिलाइ गरेको, भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको, माछा बीमामा समस्या देखिएको, ग्रामीण क्षेत्रका विपन्न वर्ग बीमाबारे बेखबर भएको जस्ता गुनासो गरेका थिए ।

4145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर