जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चार जना विरुद्ध ४ करोड बढीको राजस्व छलीको मुद्दा दायर

चार जना विरुद्ध ४ करोड बढीको राजस्व छलीको मुद्दा दायर

राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने चार जना विरुद्ध मुद्दा दायर गरेको छ ।  विभागका अनुसार भन्सार छली गरेको आरोपमा आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो । 

उनीहरुले  भन्सार छली गरेका कारण ४ करोड ४६ लाख ३७ हजार १ सय ८४ रुपैयाँ बिगो कायम गरी विभागले मुद्दा दायर गरेको छ । जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं २ घर भइ हाल जिल्ला काठमाडौं बुढानिलकण्ठ, नगरपालिका वडा नं १० कपन वस्ने सन्तोष चन्द्र वख्रेल, काठमाण्डौ कागेश्वरी मनहरा न.पा वडा नं ६ मुलपानी वस्ने शैलेस पन्त रहेका छन् । 

पर्सा साविक सुवर्णपुर गा.वि.स वडा नं ५ हाल ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुर घर भइ हाल जिल्ला काठमाडौं का।म।न।पा। वडा नं ५ हाडिगाँउ वस्ने रविन पाख्रिन र सर्लाही बरथहवा न।पा। वडा नं ९ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं ७ सरस्वतीनगर वस्ने नारायणप्रसाद घिमिरे रहेका छन् । भन्सार छली गरि ल्याएको मदिरा  जफत हुने र बिगोको सतप्रतिशत जरिवाना हुने विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

3405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका