जोडिनुहोस
बुधबार, मंसिर १३, २०८०
बुधबार, मंसिर १३, २०८०
  • होमपेज
  • कृषि विकास बैंकले खोज्यो नयाँ प्रमुख कार्यकारी अधिकृत

कृषि विकास बैंकले खोज्यो नयाँ प्रमुख कार्यकारी अधिकृत

कृषि विकास बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया अगाडि बढाएको छ। सरकारी स्वामित्व रहेको बैंक सञ्चालक समितिले योग्यता पुगेका आवेदकलाई २१ दिनभित्र आवेदन दिन आह्‍वान गरेको छ।

बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अनिल उपाध्याय अवकाश भएपछि नयाँ नियुक्तिका लागि प्रक्रिया सुरु गरेको हो।

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखालगायत विषयमा स्नातकोत्तर गरेकाले आवेदन दिन सक्छन्।

अधिकृत वा त्योभन्दामाथि रहेर १० वर्ष काम गरेको अनुभव हुनुपर्छ।

तलब मासिक चार लाख रुपैयाँ हुने छ। कार्य सम्पादनमा आधारित भएर प्रोत्साहन भत्ता तथा अन्य सुविधा पनि दिइने बैंकले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?