जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कर्जा असुली चुनौतीपूर्ण बन्दा बैंकको नाफा ऋणात्मक: ज्ञानेन्द्र ढुंगाना

कर्जा असुली चुनौतीपूर्ण बन्दा बैंकको नाफा ऋणात्मक: ज्ञानेन्द्र ढुंगाना

नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले वितरण योग्य नाफा नकारात्मक हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन् ।

चैत मसान्तमा १० वटा बैंकको वितरण योग्य नाफा नकारात्मक रहेको उनले बताए । ब्याज नउठ्दा बैंकिङ प्रणालीमा समस्या बढ्दै गएको ढुंगानाको भनाइ छ । उनले भने, ‘अहिलेको मुख्य चुनौती भनेको कर्जाको असूली हो । पछिल्लो समय कर्जा असूली अत्यन्त कम मात्रै हुन थालेको छ जुन प्रणालीकै लागि चिन्ताको विषय हो ।’

स्रोतको अभाव र मागमा आएको संकुचनका कारण बैंकिङ प्रणालीले सोचेजति कर्जा विस्ता गर्न नसकेको भन्दै उनले आगामी मौद्रिक नीतिले सम्बोधन गर्नु पर्नेमा जोड दिए । साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै ढुंगानाले यो क्षेत्रको विकासमा जोड दिनु पर्ने उल्लेख गरे ।

‘अहिले एसएमईको सीमा १ करोड रुपैयाँ छ । आगामी मौद्रिक नीतिले उक्त सीमालाई बढाएर १० करोड रुपैयाँ पुर्‍याउनु पर्छ।’

665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका