जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एभरेष्ट बैंकमा ओम्नी च्यानल प्रणालीमा अपग्रेड

एभरेष्ट बैंकमा ओम्नी च्यानल प्रणालीमा अपग्रेड

एभरेष्ट बैंक लिमिटेडले इबिएल(टच २४ (मोबाइल एप) लाई ओम्नी च्यानल प्रणालीमा अपग्रेड गरेको छ । बुधबार पौष १४, एभरेष्ट बैंक आफ्नो मोबाइल बैंकिङ संस्करणलाई नयाँ ओम्नी च्यानलमा अपग्रेड गरेको छ । अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकहरूलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि) बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ ।

बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।

एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाल लाखौं ग्राहक आधार रहेको छ, जुन नेपालको बैंकिंग क्षेत्रमा धेरै मध्ये एक हो । हाल बैंकले आफ्नो १०५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १३८ एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

4705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?