जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आयो स्थानीय तह निर्वाचन तालिका : ११ र १२ गते मनोनयन दर्ता १७ गते चुनाव चिन्ह प्रदान

आयो स्थानीय तह निर्वाचन तालिका : ११ र १२ गते मनोनयन दर्ता १७ गते चुनाव चिन्ह प्रदान

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय तोकेको छ। २०७९ वैशाख ११ र १२ गते मनोनयनको मिति तोकिएको आयोगले जनाएको छ।

१२ गते अपरान्ह मनोनयन भएका उम्मेद्वारको सूची प्रकाशन गर्ने आयोगको तयारी छ। 

१४ र १५ गते मनोनयनमाथि उजुरी र जाँचबुझका लागि छुट्याइएको छ भने १५ गते नै उम्मेद्वारको नामावली प्रकाशन हुने छ। उम्मेद्वारको नाम फिर्ता लिने समय १६ गते सम्मका लागि तोकिएको छ।

यस्तै उम्मेद्वारको अन्तिम नामवली पनि १६ गते नै प्रकाशन हुने छ भने १७ गते उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

3090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?