

नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन् । शनिबार ललितपुरमा एमाले नेता पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथपछि प्रशिक्षण कार्यक्रम पनि भएको छ । आज सुरु चौतारीको कार्यक्रमा भोली केन्द्रीय कमिटीको पहिलो बैठक बसेर समापन हुने छ । पोखरामा भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा गणेश बस्नेत सर्वसम्मतिले चयन भएका थिए ।

महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो । बस्नेत यसअघि भएको महाधिवेशनबाट पनि अध्यक्ष निर्वाचित भएका थिए ।

महाधिवेशनले १७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन भएका छन् । महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजङ्ग पाण्डे र राजु सुवेदी चयन भएका छन् ।

त्यस्तै सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा ईन्द्र आचार्य चयन भएका छन् ।




