जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एनएमबि र नबिलले सबैभन्दा बढी ब्याज दिने

एनएमबि र नबिलले सबैभन्दा बढी ब्याज दिने

वाणिज्य बैंकहरुले साउनदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि बैंकहरुले साउन १ देखि लागू हुने गरी आ-आफ्नै हिसाबले ब्याजदर सार्वजनिक गरेका हुन् ।

साउन १ देखि लागू हुने गरी बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा केही बैंकले असारको तुलनामा बढाएका छन् भने केहीले घटाएका छन् । चारवटा बैंकले ब्याज बढाएका छन् भने ९ वटाले घटाएका छन् । ६ वटा बैंकको ब्याजदर स्थिर छ । एनआईसी एसियाले नयाँ ब्याजदर सार्वजनिक गरेको छैन । साउन १ देखि लागू हुने नयाँ ब्याजदरमा सबैभन्दा बढी एनएमबि बैंकको रहेको छ । बैंकले मुद्दति निक्षेपमा १०.९८ प्रतिशत र संस्थागतमा ७.९९ प्रतिशत ब्याज दिने जनाएको छ ।

यस्तै सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.९५ प्रतिशत छ । व्यक्तिगत मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याज दिने बैंकले संस्थागततर्फ ६.९५ प्रतिशत ब्याज दिने जनाएको छ ।

प्राइम बैंकले साउनमा व्यक्तिगततर्फ १०.९३ र व्यक्तिगततर्फ ८.९३ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ १०.४९, संस्थागततर्फ ८.४९ तथा कुमारी बैंकले व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

साउनदेखि लागू हुने गरी सार्वजनिक भएको नयाँ ब्याजदरमा १५ वटा बैंकको एकल अंकमा ब्याजदर छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.९९, ग्लोबल आइएमई बैंकको व्यक्तिगत ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९, नेपाल एसबिआई बैंकको व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत तथा हिमालयन बैंकले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याज दिने भएको छ ।

यस्तै सिटिजन्स बैंकले व्यक्तिगततर्फ ९.९९ र संस्थागततर्फ ७.९९ प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ९.५२ र संस्थागततर्फ ७.५२, कृषि विकास बैंकले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ तथा एभरेष्ट बैंकले व्यक्तिगततर्फ ९.५ र संस्थागततर्फ ७.५ प्रतिशत बनाएको छ ।

प्रभु बैंकले साउन १ देखि लागू हुने गरी व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ८.९९ प्रतिशत र संस्थागत तर्फ ६.९९ प्रतिशत तथा नेपाल बैंकले व्यक्तिगततर्फ ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याज दिनेछन् । साउनमा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ९.७२ प्रतिशत छ ।

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका