जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • पृथ्वी शाहको समुहले २४ वटा कम्पनी मार्फत ठगी गर्ने गरेको खुलासा

पृथ्वी शाहको समुहले २४ वटा कम्पनी मार्फत ठगी गर्ने गरेको खुलासा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पृथ्वी बहादुर शाह र विजय विक्रम शाह सम्मिलित ठगि प्रकरणमा अनुसन्धन सम्पन्न गरि सरकार वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ । ब्युरोले ठगी लिखत सम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराधको कसुरमा  पृथ्वी बहादुर शाह र विजय विक्रम शाहसहित २० जना विरुद्द छानविन गरि प्रतिवेदन तयार पारेको छ।

ब्यूरोका अनुसार पृथ्वी बहादुर शाह र विजय विक्रम शाहसहित ७ जना पक्राउ परिसकेका छन् भने १३ जना फरार छन् । उनीहरु विरुद्द परेको २४ वटा उजुरीको आधारमा अनुसन्धान गरिएको ब्यूरोले जनाएको छ ।

अनुसन्धानबाट प्रतिवादी पृथ्वी बहादुर शाहको समूहमा रहेका ब्यक्तिहरुले संगठित रुपमा अबैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीहरु स्थापना गरेको खुलेको छ। उनीहरुले कम्पनीको उदेश्य विपरीत, आधिकारीक निकायबाट विदेशी लगानी भित्राउने अनुमती नलिई विदेशी लगानी भित्राएको भन्ने सम्बन्धमा विदेशी नागरिकहरुलाई एन्टी भाइरस अपडेट, अमेजिनको बिल भुक्तानी, गिक स्क्वाड, कविक बुक्स, समेतको नाममा इमेल मार्फत सम्पर्क स्थापत गर्ने गरेको खुलेको छ ।

उनीहरुले रिमोट एक्सेसबाट पिडितहरुको दिभाइज मार्फत बैंक खातामा मा पहुँच पुर्याई, निजहरुको बैंकमा रहेको मौज्दात रकम नेपाल र थाइल्याण्डमा समेत पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। साथै पिडितको खाताबाट विभिन्न बैंकहरु हुदै रकम ट्रान्सफर भई आउदाँ आवश्यकता बमोजिम बैंकहरुलाई खातावाल (पिडित) को तर्फबाट आफैले इमेल लेखि पठाउने गरेको पनि खुलेको छ।

प्रहरीका अनुसार उनीहरुले क्यान्सर पिडित, अल्जाईमर र रोग पिडित र जेष्ठ नागरिकहरुलाई लक्षित गरि ठगि गर्ने र पिडितहरुलाई सम्पति सुद्धिकरण निवारण युनिटले कार्वाही गर्छ तथा कानूनी उल्झनमा परिन्छ भनि कानूनी प्रक्रियामा नजान धम्की दिने गरेको खुलेको छ। पिडितलाई फोन सम्पर्क गरि निजहरुको गतिविधि माथि नियमित निगरानी गर्ने गरेको समेत खुलेको छ।

प्रहरीका अनुसार उनीहरुले अन्तराष्ट्रीय सिस्टम भएकोले रिमोट एक्सेस दिनुपर्छ भनि पिडितलाई विश्वास दिलाउने गरेको, डिभाइजमा नक्कली बैंक स्टेटमेन्ट पठाई नक्कली रकम जम्मा भएको देखाई सोही रकम फिर्ता गर्न लगाई ठगी गर्ने गरेको खुलेको छ ।

प्रहरीका अनुसार  सोहि प्रक्रियाबाट विदेशी नागरिकहरुलाई ठगी गरि कम्पनी तथा व्यक्तिगत खातामा ४५ लाख ४६ हजार ६ सय ३९ अमेरिकी डलर, २२ हजार पाउण्ड स्टरलिङ, तथा ३ लाख ४० हजार क्यानेडियन डलर बराबरको रकम ठगि गरेको खुलेको छ। नेपाली रुपैयाँम यो रकम ६३ करोड ९३ लाख हुन आउँछ ।

1670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका