सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन भएको छ। इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।
उक्त कित्ता संख्याले संस्थापकतर्फको ९ प्रतिशत हिस्सा ओगटेको थियो। सो कित्ता सर्वसाधारणको सेयर संरचनामा रुपान्तरण हुँदा सूर्या लाइफ इन्स्योरेन्सको सर्वसाधारणको संरचना ४९ प्रतिशत कायम हुनेछ।
यसअघि इन्स्योरेन्समा सर्वसाधारणको ४० प्रतिशत हिस्सा थियो । सेयर संरचनामा ६० प्रतिशत संस्थापकको थियो।
सोही संरचना परिवर्तन गर्दै इन्स्योरेन्सले संस्थापक तर्फको ९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको हो। अब इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत हिस्सा हुनेछ।