जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • श्रीलंकाको आर्थिक संकट अझै टरेन, केन्द्रीय बैंकले ७० वर्ष यताकै खराब तथ्यांक देखायो

श्रीलंकाको आर्थिक संकट अझै टरेन, केन्द्रीय बैंकले ७० वर्ष यताकै खराब तथ्यांक देखायो

श्रीलंकाको केन्द्रीय बैंकले ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सीमा प्रस्तुत गरेको छ। बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा गत वर्षको ज्यालाले खाद्यान्नदेखि इन्धनसम्म सबैको बढ्दो लागतसँग जुध्न असफल भएको बताएको छ।

आन्तरिक तथा नीतिगत कमजोरीहरुले दक्षिण एसियाली राष्ट्रहरुलाई घेरेको गम्भीर आर्थिक समस्याहरूलाई थप बढाउन मद्दत गरेको बैंकले जनाएको छ। बैंकले आगामी वर्ष अर्थतन्त्र वृद्धिमा फर्कने अपेक्षा गरेको छ।

श्रीलंकाको केन्द्रीय बैंकले यस वर्ष अर्थतन्त्र २ प्रतिशतले संकुचित हुने तर सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।

यो प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) गरेको प्रक्षेपणभन्दा धेरै आशावादी छ। आईएमएफले सन् २०२३ मा लगभग ३ प्रतशितको संकुचन र अर्को वर्ष १.५ प्रतिशतको वृद्धिको पूर्वानुमान गरेको थियो।

केन्द्रीय बैंकको प्रतिवेदनले सेप्टेम्बरमा ताजा फलफूल, गहुँ र अण्डाको मूल्य दोब्बरभन्दा बढी हुँदा कसरी मुद्रास्फीति झण्डै ७० प्रतिशत पुग्यो भनेर पनि उल्लेख गरेको छ। यसले एकै समयमा यातायात र अत्यावश्यक उपयोगिताहरू जस्तै बिजुली र पानीको लागत अझ छिटो बढ्यो।

गत वर्ष श्रीलंकाको अर्थव्यवस्था ७.८ प्रतिशतले संकुचित भएको थियो। सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक देशले बिदेशी ऋणमा डिफल्ट गरेको हो।

सरकारहरूले ऋणदाताहरूलाई उनीहरूको केही वा सबै ऋण भुक्तानीहरू पूरा गर्न असमर्थ हुँदा यसले देशको प्रतिष्ठालाई हानि पुर्‍याउँछ। र अन्तर्राष्ट्रिय बजारमा थप पैसा लिन अझ गाह्रो बनाउने अवस्था सिर्जना हुन्छ।

एक रिपोर्टका अनुसार श्रीलंकाको अर्थतन्त्रले आफ्नो स्वतन्त्रतापछिको इतिहासमा सबैभन्दा कठिन वर्षको सामना गरेको जनाएको छ। उक्त रिर्पोटले एक अस्थिर आर्थिक मोडेलले देशलाई बहुआयामिक प्रकोपतर्फ डोर्‍याएको समेत बताएको छ।

श्रीलंकाले चीनलाई करिब ७ अर्ब डलर र भारतलाई करिब १ अर्ब डलर ऋण तिर्न बाँकी छ। फेब्रुअरीमा दुवै देशले आफ्नो ऋणको पुनर्संरचना गर्न सहमत भए र उनीहरुले श्रीलंकालाई ऋण तिर्न थप समय दिएका छन्।

गत महिना आईएमएफले श्रीलंकालाई ३ अर्ब डलर ऋण दिन सहमत भएको थियो।

1160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका