जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सूर्या लाइफको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन

सूर्या लाइफको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन भएको छ। इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।

उक्त कित्ता संख्याले संस्थापकतर्फको ९ प्रतिशत हिस्सा ओगटेको थियो। सो कित्ता सर्वसाधारणको सेयर संरचनामा रुपान्तरण हुँदा सूर्या लाइफ इन्स्योरेन्सको सर्वसाधारणको संरचना ४९ प्रतिशत कायम हुनेछ।

यसअघि इन्स्योरेन्समा सर्वसाधारणको ४० प्रतिशत हिस्सा थियो । सेयर संरचनामा ६० प्रतिशत संस्थापकको थियो। 

सोही संरचना परिवर्तन गर्दै इन्स्योरेन्सले संस्थापक तर्फको ९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको हो। अब इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत हिस्सा हुनेछ।

3055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका