जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • इसेवाको नारी दिवस अफर, महिला उद्यमीलाई इन्टिग्रेसन नि:शुल्क, रिचार्जमा १०% क्यासब्याक

इसेवाको नारी दिवस अफर, महिला उद्यमीलाई इन्टिग्रेसन नि:शुल्क, रिचार्जमा १०% क्यासब्याक

इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ।

अफर अन्तर्गत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा सहकार्य (इन्टिग्रेसन) गर्दा कुनै शुल्क नलिने इसेवाले जनाएको छ। अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्टिग्रेसन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यैपनि त्यसबापतको शुल्क नलाग्ने बताइएको छ।

अफरमा सहभागी हुन नारीहरुले तीन महिनाभित्र इसेवामा सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ। यसैगरी, नारी दिवसको दिन आज (फागुन २४ गते बुधवार) महिलाहरुले इसेवामार्फत एनटीसी तथा एनसेल मोबाइलको टपअप गर्दा फ्ल्याट १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ। यसको लागि टपअप गर्दा प्रोमोकोड नारी प्रयोग गर्नुपर्नेछ।

इसेवाले हाल एन्ड्रोइडमा ५५ लाख र आइओएसमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा प्रदान गरिरहेको छ।

3880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका