जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ५० लाख रुपैयाँभन्दा बढी कमाउनेको कर ३६ बाट ३९ प्रतिशत पुग्यो

५० लाख रुपैयाँभन्दा बढी कमाउनेको कर ३६ बाट ३९ प्रतिशत पुग्यो

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेमाथि कर बढाइदिएका छन्।

वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। डा. महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन्।

अहिले अधिकतम कर ३६ प्रतिशतसम्म थियो। अब तीन प्रतिशतले उनीहरुको कर बढेको हो।

अहिले जतिसुकै कम कमाउनेले पनि एक प्रतिशत कर तिर्नैपर्छ। एकलको हकमा ५ लाख र दम्पतिको हकमा ६ लाख कमाउनेले एक प्रतिशत कम तिर्नैपर्छ।

त्यसभन्दा माथि २० हजार कमाउनेले १० प्रतिशत कम थप तिर्नुपर्छ। यसबाहेक अर्को ६० हजार कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ। ६० हजारपछि अर्को ३ लाख कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ। ३० प्रतिशत कर तिर्दा आम्दानी २० लाखसम्मको पुगिसकेको हुन्छ।

२० लाखभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ। अब भने ५० लाखभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ।

बढेको करले बैंक तथा वित्तीय संस्थाका माथिल्ला तहका कर्मचारी, कर्पोरेटका हाकिम, बीमा कम्पनीका प्रमुख लगायतलाई भार परेको छ।

4300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?