
वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको माघसम्ममा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका हुन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १० वटा बैंकको नाफा बढेको छ भने १० वटा बैंकको नाफा घटेको छ।
समीक्षा अवधिमा बैंकहरुको नाफा ५.४० प्रतिशतले बढेको छ। यस अबधीमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिल बैंकले ५ अर्ब ३८ करोड ३१ लाख रुपैयाँ कमाएको छ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब १४ करोड ८२ लाख रुपैयाँ, कुमारी बैंकले ३ अर्ब १७ करोड ५१ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५० करोड ५३ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ।
समीक्षा अवधिमा सबैभन्दा कम नाफा लक्ष्मी सनराइज बैंकले कमाएको छ। लक्ष्मी सनराइज बैंकले २४ करोड २७ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































