जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ब्यापार ध्वस्त भएपछि बीमा कम्पनीका सीइओहरु बैंकरलाई धम्काउँदै, ११.१३ प्रतिशत ब्याज लिँदैः बीमा समिति बेखबर

ब्यापार ध्वस्त भएपछि बीमा कम्पनीका सीइओहरु बैंकरलाई धम्काउँदै, ११.१३ प्रतिशत ब्याज लिँदैः बीमा समिति बेखबर

नेपालका बैक र वित्तिय संस्थाहरुमा पछिल्लो समय चर्को तरलता अभाव भएपछि कर्जा प्रायः बन्द नै छ भनदा फरक पर्दैन । बैंकहरुले कर्जा बन्द गरेसंगै बीमा कम्पनीहरुको ब्यापार समेत ध्वस्त भएको छ भन्दा अब फरक पर्दैन । बैंक, वित्तिय र निर्जीवन बीमा कम्पनीलाई यतिबेला व्यवसाय बढाउनेभन्दा पनि कसरी जोगाउने भन्ने तनाव भएको देखिन्छ । भन्दा फरक पर्दैन । बैंकहरुलाई भएको ऋण नघटाइ कर्जा–निक्षेप अनुपात भएको ब्यापार (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल राख्नु पर्ने दबाब छ भने बीमा कम्पनीहरुलाई गरिरहेको व्यापारलाई थेग्नु छ भन्दा अब फरक पर्दैन । बीमाको व्यापार बैंक तथा वित्तीय संस्थाको ऋणसँग सम्बन्धित भएकाले बैंकहरुको ऋण घट्दा वा नबढ्दा बीमा व्यवसाय ध्वस्त भएको भेटिएको छ । हेक्का होस् ।

अहिले बैंकहरुको सीडी रेसियो ९५ प्रतिशतसम्म पुगेको छ । औसत सीडी रेसियो पनि ९२ प्रतिशत हाराहारी छ । असार मसान्तसम्म बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभित्र ल्याइसक्नु पर्ने बाध्यता पनि छ त्यैले कर्जा अहिले ठप्प झै छ । सीडी रेसियो तल झार्नका लागि बैंकहरुले कि त निक्षेप बढाउनु पर्ने नभए ऋण घटाउनु पर्छ । निक्षेप बढ्ने होइन उल्टो घट्ने अवस्था छ । किनभने सरकारले स्थानीय तहमा दिएको बजेटलाई असारसम्म मात्र निक्षेपमा गणना गर्न सकिने सुविधा दिएको छ । कुल विनियोजित रकमको ८० प्रतिशत निक्षेपमा गणना पाउने व्यवस्था छ भन्दा फरक पर्दैन ।

बैंकहरुले सीडी रेसियो ९० प्रतिशतमा ल्याउन ऋण घटाउनु पर्ने अवस्था छ । ऋण घटाउन क्रम पनि सुरु भइसकेको छ । यसले गर्दा बीमा बजार थला परेको छ भन्दा फरक पर्दैन । अहिले बीमाले बैंकलाई निक्षेप दिने र बैंकले त्यो पैसा ऋण दिएर त्यसको बीमा निक्षेप गर्ने कम्पनीमा गराउने रणनीति लिन थालेका छन्,’ एक बीमा कम्पनीका व्यवस्थापकले भने, ’तर यसले पुरानो व्यापारलाई धान्न गाह्रो हुन्छ । बीमा कम्पनीहरुको व्यापार आधार ठूलो भइसकेकाले अहिले थेग्न सके मात्र पनि ठूलो उपलब्ध हुनेछ नि ।’

’आफ्नो व्यापार थेग्नका लागि सर्तहरु राख्नु स्वाभाविक नै हो कि कसो ? निक्षेप दिने व्यापार नआउने भयो भने त हामीलाई फाइदा भएन । यसपाली निर्जीवन बीमा कम्पनीको व्यापारमा ठूलो धक्का लाग्न देखिन्छ । बैंक र वित्तिय संस्थाहरुले कर्जा नदिएपछि गाडी लगायत मोटरसाईकल खरिद कम छ । यी साधनको बीमा नहुँदा निजीवन बीमा कम्पनीहरु तनावमा छन् भन्दा फरक पर्दैन । यति मात्रै होइन बैंक र वित्तिय संस्थाका कर्मचारीहरुले पाउने ठूलो मात्राको घरजग्गा

एक बैंकका सीइओले पंक्तिकारलाई भनेः– जीवन बीमा कम्पनीहरुले भने बैंकहरुसँग धम्क्याएर नै बढी ब्याज लिन थालेका छन् नि । राष्ट्र बैंकको नियम अनुसार, नवीकरण भएको निक्षेपमा मात्र निर्धारितभन्दा ०.१० प्रतिशत बिन्दु बढी ब्याज दिन पाइन्छ । ’तर, बीमा कम्पनीले नभए दिन्न भन्दिएपछि राष्ट्र बैंकको आँखा छलेर भए पनि नयाँलाई पनि नवीकरण सरह ब्याज दिएर निक्षेप उठाउनु लागी गरेका छौ नि । अहिले साधारण व्यक्तिगत निक्षेपकर्ताको ब्याज दर ११.०३ प्रतिशत छ । संस्थागत निक्षेपकर्ताले योभन्दा एक प्रतिशत बिन्दु कम ब्याज पाउँछन् अर्थात १०.०३ प्रतिशत । नवीकरण गर्नु परे ०.१० प्रतिशत बिन्दु बढी अर्थात १०.१३ प्रतिशत ब्याज पाउँछन् । अहिले बीमा कम्पनीहरुको नयाँ निक्षेपलाई पनि बैंकहरुले नवीकरण सरह १०.१३ प्रतिशत ब्याज दिएको भेटिएको छ गर्भनर साब हेक्का होस् ।

बैंकरले यो निक्षेप पनि ब्यापार दिने सर्तमा मात्र पाउँछन् । यदि व्यापार दिन नसके बैंकले निक्षेप पाउँदैनन् । ’आफ्नो व्यापार थेग्नका लागि सर्तहरु राख्नु स्वाभाविक नै हो कि कसो ? निक्षेप दिने व्यापार नआउने भयो भने त हामीलाई फाइदा भएन । यसपाली निर्जीवन बीमा कम्पनीको व्यापारमा ठूलो धक्का लाग्न देखिन्छ । बैंक र वित्तिय संस्थाहरुले कर्जा नदिएपछि गाडी लगायत मोटरसाईकल खरिद कम छ । यी साधनको बीमा नहुँदा निजीवन बीमा कम्पनीहरु तनावमा छन् भन्दा फरक पर्दैन । यति मात्रै होइन बैंक र वित्तिय संस्थाका कर्मचारीहरुले पाउने ठूलो मात्राको घरजग्गा कर्जाको बीमा गरिन्छ । कर्जा बन्द भएपछि यसबाट पनि बीमा कम्पनीलाई आम्दानी भएको छैन भन्दा फरक पर्दैन । सचेत भया ।

5060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका