जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘अर्थतन्त्रको मुख्य समस्या नै तरलता अभाव हो’

‘अर्थतन्त्रको मुख्य समस्या नै तरलता अभाव हो’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको जस्तो पुग्ने अवस्था नभएको बताउनुभएको छ । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने बताउनुभयो ।

उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनुभयो । उहाँले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको बताउनुभयो ।

बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको उहाँको भनाइ छ । उहाँले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो ।

पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताउनुभयो ।

3205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?