जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आइएमई पे र दराजवीच सम्झौता

आइएमई पे र दराजवीच सम्झौता

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नुहुने ब्यवस्था मिलाइएको छ । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नु भएको हो ।

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि २०७९ बैशाख ७ को दिन सम्मको लागि आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन विहान १२ देखि १२ः३० सम्म १०% छुट , रु. १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक Rush Hour आधा–घण्टामा १०% छुट अधिकतम रु. ७५० सम्म हुने ब्यवस्था मिलाइएकोे छ । Rush Hour को समय बिहान ८ बजे देखि ८ः३० सम्म र दिउँसो ३ बजे देखि ३ः३० सम्म हुनेछ साथै दराजको रु. १ को गेममा पनि सहभागि भएर Samsung A03 Core, Q&U Queen Size Bed 7 X 5 ft, NARZO 50 (Narzo by realme) जस्ता आकर्षक उपहार पनि जित्न सक्नुहुनेछ । यस अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले IME Pay भाउचर सङ्कलन गरी छुट रिडिम गर्नेछन्। ।

यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पेले लिएको छ ।

3750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका