जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकले जापान जान चाहने विद्यार्थीलाई सहजै शैक्षिक कर्जा दिने, त्रिपक्षीय समझदारी

ग्लोबल आइएमई बैंकले जापान जान चाहने विद्यार्थीलाई सहजै शैक्षिक कर्जा दिने, त्रिपक्षीय समझदारी

ग्लोबल आइएमई बैंकले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई सहजरुपमा शैक्षिक कर्जा दिने भएको छ। यस सम्बन्धमा बैंक, आइएमई लिमिटेड र जापनिज भाषा शिक्षक संघ नेपाल (जाल्टान)बीच त्रिपक्षीय समझदारी भएको छ।

समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा र जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्ने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

जापान गए पश्चात् विद्यार्थीले आइएमईबाट सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन्।

2240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका