जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकद्वारा काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग

सिटिजन्स बैंकले काठमाण्डौ इन्सिच्यूट फर चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ । हालै एक समारोहका बीच कम्पनीले १ लाख ५१ हजार रुपैयाँ बराबरको चेक संस्थाका डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको छ ।

विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले स्थापित उक्त गैर सरकारी संस्थाले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छाना मुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

कम्पनीले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति समय समयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कम्पनीले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

3060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका