शेयर बजार
नाफामा अर्बपति क्लबमा पुगेको सेञ्चुरी बैंकले १०.५० प्रतिशत ब्याजदरको १० वर्षे सेञ्चुरी डिबेञ्चर

नाफामा अर्बपति क्लबमा पुगेको सेञ्चुरी बैंकले १०.५० प्रतिशत ब्याजदरको १० वर्षे सेञ्चुरी डिबेञ्चर निष्काशन गर्ने भएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदर तथा १० वर्षे अवधि रहेको रु २ अर्ब २० करोड बराबरको “सेञ्चुरी डिबेञ्चर २०८८” निष्काशन गर्दैछ ।
कुल रकम २ अर्ब २० करोड मध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड सर्वसाधारण (सामूहिक लगानी कोषसमेत) का लागि र ६० प्रतिशतले हुन आउने रु १ अर्ब ३२ करोड (संस्थागत) प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको छ । बैंक स्रोतका अनुसार आगामी साताभित्र बैंकले आव्हान पत्र निस्कासन गरी बैशाखको तेस्रो हप्ता आवेदन खुल्ने छ । आवेदन खुल्ला भएपश्चित छिटोमा ४ दिनभित्र तथा ढिलोमा १५ दिनका लागि मात्र आवेदन गर्न सकिनेछ ।
प्रति कित्ता डिबेञ्चरको अंकित मूल्य रु. १ हजार रहेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन । दश वर्ष अवधिमा निरन्तर साढे १० प्रतिशतको उच्च प्रतिफल प्राप्त गर्न सकिने भएकोले यो उच्च प्रतिफलको लागि राम्रो देखिन्छ भने डिबेञ्चर नेप्सेमा सूचिकृत भएपश्चात कारोबार गर्न सकिन्छ । साथै यो डिबेञ्चर धितो राखी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण सापटी लिन सकिन्छ ।
नेपाल धितोपत्र बोर्डबाट बैंकले २०७८ चैत्र २९ गते स्वीकृति प्राप्त गरेको थियो । सेञ्चुरी डिबेञ्चर २०८८ को निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आएमई क्यापिटल रहेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































