

कामना सेवा विकास बैंकले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
मध्यनेपाल नगपालिका-२ सोतीपसल स्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा न-१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा-२ का वडा अध्यक्ष पदम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गररेका छन् ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।