जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनसेलले मंसिर ७ गते बोलायो साधारण सभा

एनसेलले मंसिर ७ गते बोलायो साधारण सभा

एनसेल आजियाटा लिमिटेडले आगामी मंसिर ७ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले काठमाण्डौको लैनचौरस्थित कर्पोरेट कार्यालयमा सभा बोलाएको हो ।कम्पनीको प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन,आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने रहेको छ।

अन्य प्रस्तावमा आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ । त्यस्तै सभाले सञ्चालक समितिको सिफारिस बमोजिम आव २०७२/८० को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

मोवाइल सेवा प्रदायक एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको चौथो वर्षको साधारणसभा गर्न लागेको हो । उक्त कम्पनी चार वर्षअघि मात्र पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

1540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका