जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एक्सेल डेभलमेन्ट बैंकको साधारणसभा आह्वान

एक्सेल डेभलमेन्ट बैंकको साधारणसभा आह्वान

एक्सेल डेभलमेन्ट बैंक Excel Development Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १६ गते शनिवार बिर्तामोडको सिद्धार्थ होटेलमा आर्थिक वर्ष ७६/७७ को सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, सर्बसाधारण समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन्  । त्यस्तै प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने छ  । त्यस्तै अन्य उपयुक्त संस्थासंग गाभ्ने गाभिनेबारे निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि  असोज १ गते देखि असोज ८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

4695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका