जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रत्न राज्य माविमा खानेपानी प्लान्ट सञ्चालन गर्न एभरेष्ट बैंकको सहयोग

रत्न राज्य माविमा खानेपानी प्लान्ट सञ्चालन गर्न एभरेष्ट बैंकको सहयोग

एभरेष्ट बैंकको सहयोगमा काठमाण्डौको बानेश्वस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको प्लान्ट सञ्चालनमा आएको छ ।

विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्व–२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा २ हजार ७०० भन्दा बढी विधार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई २ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रम पूर्व उप–प्रधानमन्त्री एवं सांसद प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

कार्यक्रममा कम्पनीका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोरा तथा विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति थियो । 

कम्पनीले देशैभरि छरिएर रहेको आफ्नो १२७ वटा शाखा सञ्जाल, ३ वटा एक्सटेन्सन काउण्टर, ७ वटा प्रादेशिक कार्यालय, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल, इन्टरनेट र  बैकिंङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।

साथै कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको बताएको छ ।

890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?