जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सन नेपाल लाइफ खुद नाफामा ५० प्रतिशतको वृद्धि

सन नेपाल लाइफ खुद नाफामा ५० प्रतिशतको वृद्धि

सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा राग्रो प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ५५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा ५० प्रतिशतको वृद्धि देखिएको छ।

कम्पनीले ९ महिनाको अवधिमा २ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन २८ दशमलव २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ३४ लाख रकम छ भने जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड रकम रहेको छ । जीवन बीमा कोष ५४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले निकट भविष्यमा आईपीओ निस्काशन गर्दै छ।

6280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?