जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकले ३ करोड कित्ता सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति

एनएमबि बैंकले ३ करोड कित्ता सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति

एनएमबि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाएको हो।

बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले सेयर निष्कासन गर्नेछ। एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्नेले ८.२५ प्रतिशतका दरले लाभांश पाउनेछन्।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो।

परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन्। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र सेबोनबाट अनुमति पाएका धितोपत्र व्यवसायीले यसमा लगानी गर्न पाउँदैनन्।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ। यस्तै वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र कम्पनीले लगानीकर्तालाई लाभांश वितरण गर्छ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर परिपत्र विधिबाट निष्कासन गरिन्छ। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल छ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका