जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • युनियनमा रोकियो मनपरीतन्त्र, सिग्देलको हुकुमी शासन अन्त्यको घोषणा

युनियनमा रोकियो मनपरीतन्त्र, सिग्देलको हुकुमी शासन अन्त्यको घोषणा

नेपाल प्रेस युनियनमा अध्यक्ष बद्री सिग्देलको ‘मनपरी’ मत्थर भएको छ । २ वर्षभन्दा लामो समयदेखि केन्द्रीय समितिको बैठकसमेत नबोलाई एकलौटी निर्णय गर्दै आएका सिग्देल अन्ततः गलेका छन् । बारम्बार आफू खुसी मिति तोक्ने र स्थगित गर्ने गर्दै आएका सिग्देललाई असन्तुष्ट पक्षले सहमतिमा आउन बाध्य बनाएको हो । 

जेठ १३ गते स्थापना दिवसको दिन युनियनको एक पक्षले विशेष भेला बोलाएको थियो । सो भेलाले जेठ २८ र २९ गते महाधिवेशन गर्ने निर्णय गर्दै उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा आयोजक समितिसमेत बनाएको थियो । युनियन आवद्ध ३ सय बढी पत्रकार, ५ जना पूर्व अध्यक्ष र अधिकांश संस्थापकले सो भेलामा सहभागिता जनाएपछि युनियनप्रति चासो राख्ने कांग्रेस नेताहरु झस्किए । नेपाली कांग्रेसका नेताहरुलाई ‘युनियनमा आफूले जे भन्यो त्यो हुने’ बताउँदै भ्रममा राखेर एकलौटी गर्दै आएका सिग्देललाई अन्ततः कांग्रेसकै नेताहरुले अविश्वास गरेका छन् । 

युनियनमा सिग्देलकै कारण फुटको अवस्था आउने भएपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल एक्सन लिन प्रवक्ता डा.प्रकाशशरण महतलाई निर्देशन दिएका थिए । देउवाले जिम्मेवारी दिएपछि डा.महतले नै सहमतिको पहल थालेका थिए । निकटस्थहरुसँग विशेष भेलामा जानेलाई कारवाही गर्ने हाँक दिएपनि सिग्देलको कुनै जोड चलेन । अन्ततः उनले तोकेको मिति स्थगित भयो । अर्कोतिर महाधिवेशन गर्न आवश्यक निर्वाचन समिति, विधान समिति र सांगठनिक तयारी पनि एक्लौटी ढंगले गर्ने उनको ईच्छा पूरा भएन । संवादका क्रममा असन्तुष्ट पक्षले राखेका सबै माग जायज रहेको निष्कर्ष निस्किएको थियो । त्यसपछि सभापति देउवानिकट नेताहरुले युनियनबारे आफूहरुलाई गलत ब्रिफिङ भइरहेको महसुस समेत गरेका छन् ।  

‘युनियनमा आफूहरुले जे चाह्यो त्यही हुने’ सोचेका सिग्देल निकटस्थहरु भने सहमतिपछि छट्पटाएका छन् । उनीहरुले सहमतिमा तोकिएको महाधिवेशनको नयाँ मितिलाई अवरोध गर्नेगरी अभियान थालेका छन् ।  दुवै पक्षको सहमतिमा साउन ६ र ७ गतेका लागि महाधिवेशनको नयाँ मिति तोकिएको छ । सहमति जुटेपछि युनियनमा आवद्ध व्यवसायिक पत्रकारहरुले ‘हुकमी शासन’ अन्त्यको घोषणा गरेका छन् ।

5260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका