जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विद्युतीय गाडीको भन्सार महसुल पुरानै कायम गर्न नाडाको माग

विद्युतीय गाडीको भन्सार महसुल पुरानै कायम गर्न नाडाको माग

नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार तथा अन्तःशुल्क महसुल पुरानै व्यवस्था अनुसार कायम गर्न सरकारसँग माग गरेको छ ।

नाडाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महसुल वृद्धि गर्नुले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरेको बताएको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन असार मसान्तसम्म निजी प्रयोजनका लागि गाडी आयातमा रोक लगाएको भएपनि यसले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खाशै असर पार्ने नदेखिएकोले आयातमा गरिएको प्रतिबन्ध हटाउन पनि नाडाले सरकारसँग माग गरेको छ ।

सरकारले २०० सीसीभन्दा माथिका मोटरसाइकलमा अन्तःशुल्क तथा भन्सार महसुलमा अत्यधिक वृद्धि गरेका कारण त्यस किसिमका मोटरसाइकलको बिक्री वितरण गर्दे आएका अटोमोबाइल व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको भन्दै उक्त निर्णयप्रति पूर्नविचार गर्न नाडाले माग गरेको छ ।

2880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका