जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङले दशैं अगावै तोरीको तेल उत्पादन गर्ने

साल्ट ट्रेडिङले दशैं अगावै तोरीको तेल उत्पादन गर्ने

दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादनगर्ने भएको छ । दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोगगर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी उपभोक्तामाझ पु¥याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोवार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा कर्पोरेशनले रु आठ अर्ब ५८ करोडको उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४/७५ मा नौ अर्ब ६८ करोड, आव २०७५/७६ मा रु आठ अर्ब २५ करोड, आव २०७६/७७ मा रु नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा रु १० अर्ब ३९ करोडको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उनको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधारगर्दै लगेको छ । कर्पोरेशनले आव २०७७÷७८ मा मात्रै रु। पाँच करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ । गत आवको कारोवार एकीकृतगर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए।

कर्पोरेशन ६०औँ वर्षमा
सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन आजदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो । तत्कालीन समयमा जनतालाई सहजरुपमा नून उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै लगेको छ । कर्पोरेशनले पछिल्ला समय स्थानीय उत्पादनको बजारीकरणमा जोड दिँदै आएको छ ।

६० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङलाई नमूना संस्था बनाउने उद्देश्यका साथ आफूहरुले काम गरिरहेको बताइन् ।

आफ्नो सेवालाई थप प्रभावकारी बनाउन योजनाबद्ध हिसावले देशरभका डिलरमार्फत उपभोक्ताको माझमा पुगिरहेको उनको भनाइ छ । सो अवसरमा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्ततिलाई दुई वर्षसम्म मासिक रु तीन हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

1630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका