जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवादेवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।

मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो ।

टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष ्मोहन बि.क.ले सयुक्त रुपमा जालवा देवि सेवा समितिका अध्यक्ष हर्कबहादुर रावललाई सामाग्री हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, बैंकको महेन्दनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभुत आवश्यकता परिपुर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्त सहयोग गरेको हो ।

महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधारभुत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको हो । सुदुरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेलधुर शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामाग्री हस्तान्तरण गरेका थिए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैकले जनाएको छ ।

1280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका