जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा 

एक्सेल डेभलपमेन्ट बैंकको लाभांश घोषणा 

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता शेयर पूँजी एक अर्व पन्ध्र करोड सत्र लाख बयानव्वे हजार एक सय उनचालिस रुपैयाँ एघार पैसाको ८.५० प्रतिशतले हुन आउने नौ करोड उनासी लाख दुई हजार तीन सय एकतीस रुपैयाँ बयासी पैसा बराबरको बोनस शेयर तथा उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशतले हुन आउने एकावन्न लाख वाउन्न हजार सात सय चौवन्न रुपैयाँ एकतीस पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

5070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका