जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने

साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने

 साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने भएको छ । बैंकबाट जारी भई सञ्चालनमा रहेका भिसा डेबिट कार्डहरुको माइग्रेशन सम्बन्धी कार्यको लागि भदौ १३ गते बिहीबारका दिन बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा अबरुद्ध हुने प्रभु बैंकले जनाएको छ ।  

कार्ड पुनः सञ्चालनको लागि बैंकको एटीएम मा गई कार्ड इन्सर्ट गरेपश्चात् मोबाईलमा प्राप्त हुने ओटीपी कोड राखी नयाँ पिन नम्बर सेट गर्न सम्बन्धित कार्डधनीहरुलाई बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकमा पर्न गएको असुविधा प्रति बैकले क्षमायाचना गरेको छ । 

2155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका