बैंकिङ्ग
प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बन्जी लगायतका एड्भेन्चर गर्दा छुट पाउने


नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसंग साझेदारी गरेको छ ।
साझेदारीसंगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काई साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा दस प्रतिशत नगद छुट प्राप्त गर्नेछन् ।
प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्डमार्फत् भुक्तानी गरि छुट प्राप्त गर्न सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए ।
ग्राहकलाई छुट दिने साझेदारीमा प्रभु बैंकको मुख्य ब्यवसाय केन्द्र अधिकारी शान्ति सेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।
आफ्ना ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुट दिलाउन पाउँदा खुसी लागेको प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए ।
द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा समेत प्रभु बैंकले ऋण लगानी गरेको थियोे ।