जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरे संगै डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्ने

डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरे संगै डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्ने

सरकारले पेट्रोलियम पदार्थ लिँदै आएको कर कटौती गर्दै मूल्य घटाउने  घोषणा गरेको छ। सिंहदरबारमा शनिबार पत्रकार सम्मलेन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले कर कटौती गर्दै पेट्रोलियम मूल्य घटाइएको घोषणा गरेका हुन्।

डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको उनले जानकारी दिएका छन्। कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६४ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ। तर यो मूल्यमा बिक्री वितरण हुन्छ भनेर नेपाल आयल निगमले सूची जारी गरी घोषणा गर्न बाँकी छ।

सरकारको घोषणापछि निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने भएको छ।

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकले जनतालाई राहत हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो।

अहिले पेट्रोल प्रतिलिटर १९९ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ छ। इन्धनको मूल्य लगातार उच्च हुँदै गए पनि करका दरमा हेरफेर नगर्दा सरकारको आलोचना भइरहेको थियो।

2660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?