जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितले पनि अनलाइनबाटै आइपिओ भर्ने सुविधा

प्रभु क्यापिटलले ल्यायो आयोजना प्रभावितले पनि अनलाइनबाटै आइपिओ भर्ने सुविधा

क्यापिटलले आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ । यसबाट हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

क्यापिटलका अनुसार आवेदन गरीसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्नेछन् । साथै कनेक्ट आइपिएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।

यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।

2475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका