जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • महालक्ष्मी लाइफले इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने

महालक्ष्मी लाइफले इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने

महालक्ष्मी लाइफले इन्स्योरेन्सले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको ३२ लाख ९० हजार कित्ता सेयर सिलबन्दी बोलपत्रमार्फत सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।

कम्पनीले सिलबन्दी बोलपत्र पेस गर्न असार १९ देखि  २४ गतेसम्मका लागि समय तोकेको छ। कम्पनीका अनुसार उक्त सेयर  खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले ५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोल कबोल गर्नुपर्ने छ। आवेदकहरुले न्युनतम १० हजारदेखि अधिकतम ३१ लाख ५० हजार कित्तासम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीले संस्थापकहरुलाई खरिदमा प्राथमिकता दिएको थियो। थप ५० प्रतिशत सेयर वापतको रकम एक महिनासम्मको समयमा आवेदन गर्न आह्‍वान गरी माग गरिएकोमा संस्थापक समूहको ३२ लाख ९० हजार कित्ता सेयरका लागि आवेदन परेन।

कम्पनी ऐन अनुसार उक्त सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको जनाएको छ।

5430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका