जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ७ हजार विद्युतीय गाडी आयात हुँदा सरकारले कमायो १ अर्ब ७४ करोड

७ हजार विद्युतीय गाडी आयात हुँदा सरकारले कमायो १ अर्ब ७४ करोड

चालु आर्थिक वर्षको आठ महिनामा विद्युतीय गाडी आयातबाट  सरकारले रु एक अर्ब ८७ करोड कमाएको (राजस्व सङ्कलन गरेको) छ । चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि फागुनसम्म ७ हजार ९९ वटा विद्युतीय गाडी आयात भएका छन्। ठूला विद्युतीय बसको संख्या यसमा समावेश छैन ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो आठ महिनाको अवधिमा ६ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ मूल्य बराबरका ७ हजार ९९ वटा विद्युतीय गाडी आयात भएको हो । विद्युतीय कार आयात हुँदा राज्यले १ अर्ब ८७ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यस अवधिमा ४ हजार ९ सय १ वटा तीन पाङ्ग्रे विद्युतीय गाडी आयात भएका छन् ।

आयात भएका चार पाङ्ग्रे सवारी मध्ये अधिकांश सवारी १ सय किलोवाटसम्म क्षमताका  छन्। १ सय किलोवाट क्षमतासम्म मोटर भएका २१ सय ३९ वटा विद्युतीय गाडी आयात भएको तथ्याङ्कमा उल्लेख छ । १ सयदेखि २ सय किलोवाटसम्म ५२ वटा र २ सय किलोवाटभन्दा माथिका ७ वटा विद्युतीय गाडी भित्रिएको छ ।

1810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका