जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना र अभियानहरुको सुरुआत

मुक्तिनाथ विकास बैंक १७औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना र अभियानहरुको सुरुआत

‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने नाराका साथ २०६३ पुस १९ गतेदेखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक २०७९ पुस १९ गते १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

वार्षिकोत्सवमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा उद्घाटन गरेको छ। उक्त समारोहको उद्घाटन गर्दै १७ औँ वर्षको सहयात्रमा साथ दिने सेयरधनी, ग्राहक, नियमक निकाय, कर्मचारी तथा शुभचिन्तकलाई बैंकका अध्यक्ष भरतराज ढकालले धन्यवाद दिए।

यसका साथै उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाका माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि र वर्तमान चुनौतीका साथै भावी रणनीतिका बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्वअन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताए। जसअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयमार्फत कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणका लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनका लागि सहयोग, वृद्धा, अनाथ तथा बालबालिकाको क्षेत्रमा कार्य गर्ने मानाव आश्रममा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’सम्बन्धी सामग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्नेजस्ता विभिन्न कार्य गरिएको छ।

उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालक, पूर्वसञ्चालक, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारी, शाखा प्रबन्धकका साथै अन्य कर्मचारीको उपस्थिति थियो।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका