जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • अर्थसमिति सभापति दाहाललाई गभर्नरको जवाफः ‘४/१२ को नीतिमा म बोल्न मिल्दैन

अर्थसमिति सभापति दाहाललाई गभर्नरको जवाफः ‘४/१२ को नीतिमा म बोल्न मिल्दैन

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४/१२ करोड नीतिका विषयमा आफू बोल्न नमिल्ने जवाफ दिएका छन् ।

सोमबार अर्थसमितिमा आगामी आवको मौद्रिक नीतिका विषयमाथि छलफलका क्रममा समिति सभापति कृष्णप्रसाद दाहालले सेयर बजार ओरालो लागेको र यसलाई सम्बोधन गर्न मौद्रिक नीतिले के व्यवस्था गर्न लागेको छ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा गभर्नर अधिकारीले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने बताएका थिए ।

‘मैले बोल्दे सेयर बजारमा असर पर्छ, त्यसैले बोल्न मिल्दैन,’ जवाफमा उनले भने ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट सेयर बजारमा ४/ १२ को नीति ल्याएका थिए । सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गभर्नर अधिकारीले गरेका थिए ।

उनले अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब रहेको भन्दै आयात नियन्त्रण गर्नुपर्ने तथा खाद्य वस्तुको आयात निरुत्साहन गर्न आन्तरिक वस्तुको उत्पादन बढाउनु पर्ने बताएका थिए ।

उनले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउने विषय चूनौतीपूर्ण रहेको समेत बताए । रेमिट्यान्स औपचारिक माध्मयबाट ल्याउनका लागि मौद्रिक नीतिको जोड हुने उनको भनाइ छ ।

गभर्नर अधिकारीले मौद्रिक नीतिमा साना व्यवसायीलाई प्रमोट गर्ने नीति लिने बताए ।

‘पहुँच वालाले ऋण लिँदा सानाले पैसा नपाउने अवस्था आएको छ, बैंक तथा बीमा क्षेत्रमा एउटै घराना हावी हुँदा अर्थतन्त्रमा चूनौती थपिएको छ,’ उनले भने, ‘कुनै एउटा घराना डुब्दैमा अर्थतन्त्रमा समस्या पर्न दिन हुँदैन । यस विषमा बाफियामा पनि छलफल भएको थियो ।’

राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बैंकबाट गएको अत्यधिक कर्जा घर जग्गा र सेयर बजारमा रहेको बताए ।

3545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका