जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंक छाड्दै महेश ढकाल

ग्लोबल आइएमई बैंक छाड्दै महेश ढकाल

नेपालकै ठुलो कमर्शियल बैंक ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सीइओबाट महेश ढकाल बाहिरिने भएका छन्। बैंकमा स्वेच्छिक अवकास योजनाका लागि आबेदन दिएसँगै ढकालले ग्लोबल आइएमई बैंक छाड्ने बजार चर्चा चलेको हो।

ढकालले ग्लोबल आइएमई बैंक छाडेर यस अगाडी उनी आफैं रहेको मेगा बैंकमा फर्किने तयारी गरेको स्रोतले जनाएको छ। मेगा बैंकले तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर तथा प्राप्ति गर्दा ढकाल टुरिजममा प्रमुख कार्यकारी अधिकृत थिए। र मर्ज तथा प्राप्ति पश्चात ढकाल मेगा बैंकमा नै डेपुटी सीइओ थिए र पछि ग्लोबल आइएमई बैंकमा आएका हुन्।

एनआइबिएलसँग मर्जर पश्चात सिनियर डेपुटी सीइओ बनाउनेगरि ढकाललाई मेगा बैंकमा अहिले प्रमुख कार्यकारी अधिकृतमा ल्याउने तयारी रहेको छ।

त्यसो त मेगा बैंकमा  अनुपमा खुन्जेलीलाई नै सीइओको रुपमा ल्याउने चर्चा पनि बैंकिंङ वृत्तमा छ। तर यो चर्चा मेगा बैंक र एनआइबिएल बैंक मर्जर हुन अगाडीको भएकाले अब अनुपमा खुन्जेलीलाई मेगा बैंक भित्र्याउने च्यापटर बन्द भएको मेगा बैंक स्रोतले जनाएको छ।

बैंकिंङ वृत्तमा ढकालले ग्लोबल आइएमई बैंक छाड्ने चर्चा ब्यापक भएपनि ढकालले भने आफुले ग्लोबल आइएमई बैंक छाड्ने निर्णय गरिनसकेको बताएका छन्।

5375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?