जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • साउनमा बैंकको ब्याजदर नबढाउने सहमति

साउनमा बैंकको ब्याजदर नबढाउने सहमति

साउन महिनामा बैंकहरुको निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघका अनुसार बैकरहरुबीच साउनमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमति भएको हो ।

विगत ४ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई साउन महिनामा पनि कायमै राख्ने सहमति वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको हो । ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निष्कर्ष निकाल्दै साउन महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको संघले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिनादेखि बैंकको ब्याजदर बढाउनुपर्ने आवश्यकता औल्याइ रहँदा बैंकरहरुले भने नबढाउने निर्णय गरेका हुन् ।  यसअघि चैत्र, वैशाख जेठ,असार महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

2515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका