जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका तर्फबाट अश्विन बाबु श्रेष्ठ र अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कुमार बहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडकोे सम्पूर्ण तथ्याङ्क क्यापिटललाई प्राप्त नभई सकेकोले आधिकारिक रुपमा सेवा प्रारम्भ भए पश्चात सो सम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने समेत क्यापिटलले जनाएको छ ।

2710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका