जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कोभिड महामारीले डिजिटलाइजेसनमा लग्यो, जागिर खोज्ने होइन जागिर दिनेको संख्या बढायोः अनिल शाह

कोभिड महामारीले डिजिटलाइजेसनमा लग्यो, जागिर खोज्ने होइन जागिर दिनेको संख्या बढायोः अनिल शाह

नेपाल बैंकर एसोसिएसनका पूर्व अध्यक्ष तथा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोभिड महामारीले नेपाली अर्थतन्त्रलाई डिजिटलाइजेसनमा लगेको बताएका छन् ।

महामारी सुरु भएको बेलामा अब के होला, कसरी अघि बढ्ने भन्ने जस्ता शंका र संशय भएपनि जनजीवन नै डिजिटलाइजेसमा गएर सहज भएको उनको भनाईं छ ।

 

नेपाल उद्योग परिसंघ (सिएनआई) को सिइओ फोरमले गरेको कोभिड महामारीपछिको अबसरबारेको छलफलमा भाग लिदै सिइओ शाहले यस्तो बताएका हुन् । सुरुमा डिजिटलाइजेसनमा जान सकिदैन कि भन्ने संशय रहे पनि विस्तारै सबै नेपाली अभ्यस्त भएको र अहिले डिजिटलाइजेसनको विकल्प छैन भन्ने अवस्थामा पुगिएको उनको भनाई छ ।

‘सुरुका दिनमा अब के गर्न कसरी अघि बढ्ने भन्ने अन्योल देखियो, हामी बैंकरहरु सुरक्षाकर्मी वा स्वास्थ्यकर्मी थिएनौं, कसरी बैंकिङ सुचारु गर्न सकिन्छ भनेर सोच्यौं, डिजिटल सेवा दिन सुरु गर्यौं, त्यसको केही समयपछि नै सबै क्षेत्रका, सबै उमेर समुहका र सबै वर्गका मानिसले डिजिटल बैंकिङ सेवा प्रयोग गर्नुभयो, डिजिटल अर्थतन्त्रको विकास भएकोले अहिले जागिर खोज्नेभन्दा जागिर दिनेहरुको संख्या बढेको छ,’ शाहले भने ।

उनले वित्तीय क्षेत्रमा प्रविधिसँगै चुनौति पनि थपिएको बताए । तर, जोखिम छ भन्दैमा प्रविधिको प्रयोगलाई पर सार्न नसकिने उनको भनाई छ ।

‘मेरो बैंक, कार्यालयमा आएर खाता खोलिदिनुस्, ऋण लिइदिनुस् भनेर अब बैंक चल्दैन, हामीले जोखिम न्यूनिकरण गरी वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग गर्नुपर्छ,’ शाहले भने ।

उनले बैंकिङ क्षेत्रमा सर्वसाधारणको विश्वास अगाध रहेको पनि बताए । भूकम्पको बेला वा कोभिड महामारीको बेलामा सर्वसाधारणले आफूसँग भएको रकम बोकेर ल्याएर बैंकमा राखी ढुक्क भएको उदाहरण दिदै उनले यो विश्वास भने गुम्न दिन नहुने बताए । तरकारी बजारमा साग किन्दा वा सो रुममा गएर गाडी किन्दा पनि डिजिटल कारोबार गर्न पाइने इकोसिस्टम बनाउनु पर्नेमा उनले जोड दिए ।

6930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका